आर्थीकसंसार संवाददाता२२ जेठ, २०८१
२२ जेठ, २०८१काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सदस्यका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रोत्साहनस्वरूप नगद पुरस्कार सहितको आकर्षक प्याकेज घोषणा गरेको छ ।
इन्स्योरेन्सले अमेरिकामा आइसीसी पुरूष टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय टोलीका खेलाडीको सम्मानमा जनही १० लाख रूपैयाँको म्यादी जीवन बीमा उपलब्ध गराउने घोषणा गरेको छ । यो बीमा योजना अन्तर्गत इन्स्योरेन्सले अस्पताल भर्ना तथा उपचारवापत दैनिक ४ हजार रूपैयाँ खर्च सुविधा समेत उपलब्ध गराउनेछ।