काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आर्थिक वर्ष २०७५÷७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई उक्त आवको नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
मंसिर १० गते बुधबार बुसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव राखेको हो । बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
सो प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल इन्स्योरेन्स को चुक्ता पुँजी २ अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा ६० प्रतिशत कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीलाई ७० प्रतिशत लाभांश (३४.४६ प्रतिशत बोनस र ३५.५३ प्रतिशत नगद) वितरण गरेको थियो ।
लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
आर्थीकसंसार संवाददाता११ मंसिर, २०७७
११ मंसिर, २०७७- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक