आर्थीकसंसार संवाददाता७ जेठ, २०८१
७ जेठ, २०८१काठमाडौं । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) का लागि पाँचजनाको नाम सर्टलिस्ट गरिएको छ।
बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिले सीईओ पदका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीलाई सर्टलिस्ट गरेको हो।
शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने पाँच उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको हो। उम्मेदवारहरुले अन्तर्वार्तामा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गर्नुपर्नेछ।
सञ्चालक समितिले तीमध्ये एकजनालाई सीईओ नियुक्त गर्नेछ।