News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ५ जनाको नाम सर्टलिस्ट, को–को छानिए ?

    आर्थीकसंसार संवाददाता७ जेठ, २०८१
    २७५ पटक
    ७ जेठ, २०८१

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) का लागि पाँचजनाको नाम सर्टलिस्ट गरिएको छ।

    बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिले सीईओ पदका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीलाई सर्टलिस्ट गरेको हो।

    समितिले सीईओका लागि सर्टलिस्ट भएका उम्मेदवारहरुका लागि प्रस्तुतीकरण र अन्तरवार्ता लागि मितिसमेत निर्धारण गरेको छ। अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि सर्टलिस्टमा परेकाहरुले आफूले पेस गरेका सम्पूर्ण सम्पूर्ण कागजातसहित जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा उपस्थित हुनुपर्नेछ । यसका लागि बिहान ८ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्मको समय तोकिएको छ।

    शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने पाँच उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको हो। उम्मेदवारहरुले अन्तर्वार्तामा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गर्नुपर्नेछ।

    सञ्चालक समितिले तीमध्ये एकजनालाई सीईओ नियुक्त गर्नेछ।

    प्रतिकृया दिनुहोस्