News Portal

  • कुमारी बैंकका ग्राहकले होटल भेन्टेज होममा आकर्षक छुट पाउने

    आर्थीकसंसार संवाददाता६ जेठ, २०८१
    २२७ पटक
    ६ जेठ, २०८१

    काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भेन्टेज होम भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटल भेन्टेजबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले होटल भेन्टेज बाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआर द्वारा गर्दा १०% छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहक महानुभावहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहक महानुभावहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
    प्रतिकृया दिनुहोस्