News Portal

  • हिमालयन लाइफद्वारा १९ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता५ जेठ, २०८१
    ३२३ पटक
    ५ जेठ, २०८१

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्व. बीमित झवराज अधिकारीको परिवार राधा पौडेललाई एक शोक कार्यक्रम गरी १९ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बराबरको रकम कम्पनीका उप प्रदेश प्रमुख गणेश धमलाले हस्तान्तरण गरे ।

    बगर शाखा कार्यालयका शाखा प्रबन्धक श्याम प्रसाद तिमिल्सेनाले स्व. अधिकारीको केहि बर्ष अघि १५ लाख रुपैयाँ बराबरको बार्षिक नगद फिर्ता योजना बीमा गराएका थिए । २ महिना अघि उनको असामयिक निधन भएको हुंदा कम्पनीले छिटो छरितो दाबी भुक्तानी उपलब्ध गराएको हो ।

    कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर, एमडिआरटी कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी म्यानेजर लक्ष्मण भट्टराई ,एजेन्सी म्यानेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी म्यानेजर नारायणी भण्डारी, एजेन्सी म्यानेजर यामनारायण पौडेल लगायत अभिकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
    प्रतिकृया दिनुहोस्