आर्थीकसंसार संवाददाता५ जेठ, २०८१
५ जेठ, २०८१काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्व. बीमित झवराज अधिकारीको परिवार राधा पौडेललाई एक शोक कार्यक्रम गरी १९ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बराबरको रकम कम्पनीका उप प्रदेश प्रमुख गणेश धमलाले हस्तान्तरण गरे ।
बगर शाखा कार्यालयका शाखा प्रबन्धक श्याम प्रसाद तिमिल्सेनाले स्व. अधिकारीको केहि बर्ष अघि १५ लाख रुपैयाँ बराबरको बार्षिक नगद फिर्ता योजना बीमा गराएका थिए । २ महिना अघि उनको असामयिक निधन भएको हुंदा कम्पनीले छिटो छरितो दाबी भुक्तानी उपलब्ध गराएको हो ।