आर्थीकसंसार संवाददाता२६ वैशाख, २०८१
२६ वैशाख, २०८१काठमाडौं । नेशनल लइफ इन्स्योरन्स कम्पनीले मृत्यु दाबी वापत साढे २६ लाख भन्दा बढी रकम बीमितलाई भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बिमित भरतपुर–२० स्थित भिमनगर बस्ने ४८ वर्षीय विद्यया घिमिरे परिवारलाई २६ लाख ७२ हजारको चेक प्रदान गरेको हो ।
बीमित घिमिरेको क्यान्सर रोग उपचारको क्रममा गत फाल्गुण २९ गते निधन भएको थियो । स्व. घिमिरेले २०७५ मंसिर २४ गते १५ वर्षीय सावधिक जीवन बीमा गराएका थिए । उनले कम्पनीमा बीमा वापत ६ कस्ता मात्र बुझाएका थिए ।