News Portal

  • नेशनल लाइफ इन्स्योरन्सद्धारा साढे २६ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता२६ वैशाख, २०८१
    ३७ पटक
    २६ वैशाख, २०८१

    काठमाडौं । नेशनल लइफ इन्स्योरन्स कम्पनीले मृत्यु दाबी वापत साढे २६ लाख भन्दा बढी रकम बीमितलाई भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बिमित भरतपुर–२० स्थित भिमनगर बस्ने ४८ वर्षीय विद्यया घिमिरे परिवारलाई २६ लाख ७२ हजारको चेक प्रदान गरेको हो ।

    बीमित घिमिरेको क्यान्सर रोग उपचारको क्रममा गत फाल्गुण २९ गते निधन भएको थियो । स्व. घिमिरेले २०७५ मंसिर २४ गते १५ वर्षीय सावधिक जीवन बीमा गराएका थिए । उनले कम्पनीमा बीमा वापत ६ कस्ता मात्र बुझाएका थिए ।

    उक्त मृत्यु दाबी वापतको चेक नेशनल लाइफ इन्स्योरन्स कम्पनी लिमिटेड नारायणगढ शाखाका शाखा प्रमुख राजु साह कानुले घिमिरेकी पत्नी गीता देवी पौडेललाई हस्तान्तरण गरे । उनले ‘बीमा बचतको साथै सुरक्षा पनि हो ।’ बीमाको महत्वबारे जानकारी गराउँदै साहले सुरक्षित जीवन र आर्थिक अवस्थाको लागि बीमा अनिर्वाय छ ।
    प्रतिकृया दिनुहोस्