आर्थीकसंसार संवाददाता१० वैशाख, २०८१
१० वैशाख, २०८१काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक शम्शेर राणा नियुक्त भएका छन् । बैंकको २०८० चैत २७ गते बसेको संचालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणालाई २०८१ वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार बर्षको लागि सीइओमा नियुक्त गरिएको हो।