आर्थीकसंसार संवाददाता२९ फागुन, २०८०
२९ फागुन, २०८०काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।