News Portal

  • विन नेपाल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०८०
    ५४ पटक
    २९ फागुन, २०८०

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।

    सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

    साथै सभाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पारित गरेको छ ।
    प्रतिकृया दिनुहोस्