आर्थीकसंसार संवाददाता९ फागुन, २०८०
९ फागुन, २०८०काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले फाल्गुन ९ मङ्गलबार जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डे ज्यूले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा कम्पनीको डेपुटी सिइओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।