News Portal

  • सानिमा रिलायन्स लाइफद्वारा असहाय व्यक्तिहरुलाई कृत्रिम हात र खुट्टा प्रदान

    आर्थीकसंसार संवाददाता९ फागुन, २०८०
    ९४ पटक
    ९ फागुन, २०८०

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले फाल्गुन ९ मङ्गलबार जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डे ज्यूले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा कम्पनीको डेपुटी सिइओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ वटा कृत्रिम खट्टाहरू र ३ वटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत हुँदै आइरहेको छ ।
    प्रतिकृया दिनुहोस्