आर्थीकसंसार संवाददाता२९ पुष, २०८०
२९ पुष, २०८०काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ।
राष्ट्र बैंकले आज एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो। गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएको सूचनामा उल्लेख छ।