News Portal

  • गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी खोलियो ह्वाट्सअप अकाउन्ट, सजग रहन राष्ट्र बैंकको आग्रह

    आर्थीकसंसार संवाददाता२९ पुष, २०८०
    १३२ पटक
    २९ पुष, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ।

    राष्ट्र बैंकले आज एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो। गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएको सूचनामा उल्लेख छ।

    त्यसैले उक्त फर्जी ह्वाट्सअप अकाउन्टप्रति सजग रहन सबै सरोकारवाला र सर्वसाधारणलाई राष्ट्र बैंकले आग्रह गरेको छ।
    प्रतिकृया दिनुहोस्