आर्थीकसंसार संवाददाता२६ पुष, २०८०
२६ पुष, २०८०काठमाडौं । मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।
आज सम्पन्न कम्पनीको साधारणसभा हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको कुल ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ।