News Portal

  • मञ्जुश्री फाइनान्सको वार्षिक साधारणसभाबाट लाभांश पारित, २ सञ्चालक निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता२६ पुष, २०८०
    २२२ पटक
    २६ पुष, २०८०

    काठमाडौं । मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।

    आज सम्पन्न कम्पनीको साधारणसभा हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको कुल ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ।

    सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकमा इन्दिरा पण्डित (घिमिरे) र दिपक थापालाई निर्विरोध निर्वाचित गरेको छ। उनीहरुको नियुक्ति यही पुस २९ गतेबाट लागू हुनेछ। २०८० मंसिर मसान्तसम्म कम्पनीको चुक्तापुँजी १ अर्ब ३५ करोड रहेको छ।
    प्रतिकृया दिनुहोस्