News Portal

  • कुमारी बैंकको साढे ६५ हजार बढी कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२२ पुष, २०८०
    ४५९ पटक
    २२ पुष, २०८०

    काठमाडौं । कुमारी बैंकको साढे ६५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    कुमारी बैंकको विभिन्न संस्थापक समूहको नाममा रहेको ६५ हजार ५६२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा बुद्धबहादुर श्रेष्ठको ५४ हजार ९८२ कित्ता, प्रताप मेहेर श्रेष्ठको ७ हजार ४१४ कित्ता र तुलाराम सिजालीको ३ हजार १६६ कित्ता रहेको छ।

    यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

    इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय वा काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्