आर्थीकसंसार संवाददाता३ पुष, २०८०
३ पुष, २०८०काठमाडौं । मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार (पुस २ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।