News Portal

  • ५% नगद लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    आर्थीकसंसार संवाददाता३ पुष, २०८०
    १५३ पटक
    ३ पुष, २०८०

    काठमाडौं । मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    कम्पनी सञ्चालक समितिको सोमबार (पुस २ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    कम्पनीले आर्थिक वर्ष २०७९÷८० का लागि हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको कुल ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले पारित गरेपछि नगद लाभांश शेयरधनीहरुले पाउनेछन्।
    प्रतिकृया दिनुहोस्