News Portal

  • सानिमा जीआईसी इन्स्योरेन्सको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण तालिम

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०८०
    २४२ पटक
    २२ मंसिर, २०८०

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ।

    काठमाडौंको धुम्बाराहीस्थित होटेल अकामामा शुक्रबार सञ्चालित कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्बराज लामिछानेले प्रशिक्षण दिएका थिए।

    कार्यक्रममा परीपालन तथा कार्यान्वयन विभागका अधिकृत भद्रबहादुर बिष्टले एएमएल/सीएफटीसम्बन्धी कार्यक्रम प्रभावकारी रहेको र यस्ता कार्यक्रम शाखास्तरसम्म सञ्चालन गर्दै लगिने जानकारी दिए।

    प्रतिकृया दिनुहोस्