काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ।
काठमाडौंको धुम्बाराहीस्थित होटेल अकामामा शुक्रबार सञ्चालित कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्बराज लामिछानेले प्रशिक्षण दिएका थिए।