News Portal

  • आरएडिसी लघुवित्तको वार्षिक साधारणसभाबाट ९.०५% लाभांश पारित

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०८०
    २९९ पटक
    १५ मंसिर, २०८०

    काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको दसौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।

    रुपन्देहीको बुटवल कालिकानगरस्थित वेस्टर्न एसियन होटेलमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ९.०५२६ प्रतिशतले लाभांश अनुमोदन गरेको छ। जसमा ८.६० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश छन्।

    सभाले बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ। सभाले सञ्चाल समितिबाट प्रस्तुत गतआर्थिक वर्षको वार्षिक प्रतिवेदनलगायत वित्तीय विवरणहरु स्वीकृति गरेको छ।

    सभाले संस्थामा संस्थापक तथा सर्वसाधारणसभा सेयरधनीको सेयर स्वामित्व क्रमशः ५१ प्रतिशतर ४९ प्रतिशत कायम गर्ने निर्णय पनि पारित गरेको छ।

    प्रतिकृया दिनुहोस्