आर्थीकसंसार संवाददाता१५ मंसिर, २०८०
१५ मंसिर, २०८०काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको दसौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।
रुपन्देहीको बुटवल कालिकानगरस्थित वेस्टर्न एसियन होटेलमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ९.०५२६ प्रतिशतले लाभांश अनुमोदन गरेको छ। जसमा ८.६० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश छन्।
सभाले संस्थामा संस्थापक तथा सर्वसाधारणसभा सेयरधनीको सेयर स्वामित्व क्रमशः ५१ प्रतिशतर ४९ प्रतिशत कायम गर्ने निर्णय पनि पारित गरेको छ।