आर्थीकसंसार संवाददाता१ मंसिर, २०८०
१ मंसिर, २०८०काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड, विकास बैंकहरुमा ६ करोड र फाइनान्स कम्पनीहरुमा २ करोड गरी कुल ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको एक सूचना जारी गर्दै जनाएको छ ।
बैंकले उक्त निक्षेप २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो। उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले मंसिर ६ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ। राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने जनाएको छ।