आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०८०
२३ कार्तिक, २०८०काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र कर्मचारीहरुले जाजरकोटका भुकम्प पिडितहरुलाई अत्यावश्यक दैनिक उपभोग्य खाद्यबस्तु तथा लत्ताकपडा वितरण गरेको छ । जाजरकोट जिल्ला प्रशासन कार्यालयका अधिकृत महेश आचार्यको रोहवरमा कम्पनीका कर्णाली प्रदेश प्रमुख राकेश बिसिले हस्तान्तरण गरेका हुन् ।
यस समारोहमा कम्पनीका तर्फबाट गोविन्द जगँ सिहं, सुदिप देवकोटाको उपीस्थति रहेको थियो । सामाजिक उत्तरदायित्व कोषबाट निरन्तर सहयोग रहने प्रतिवद्धता बैकले व्यक्त गरेको छ ।