News Portal

  • बुद्ध एयरले भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०८०
    ६२२ पटक
    १८ कार्तिक, २०८०

    काठमाडौं । बुद्ध एयरले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितको लागि राहात स्वरुप एक करोड सहयोग गर्ने भएको छ । बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत् भूकम्प पीडितलाई राहत र पुननिर्माणका लागि साे रकम दिने घोषणा गरेको हो ।

    गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ । भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीनरतीन तथा सल्यानमा एक जना घाइते भएका छन् ।अझै खोज तथा उद्धार कार्य जारी छ ।

    ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपत्मा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ, बुद्ध एयरले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ, हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौं ।

    प्रतिकृया दिनुहोस्