आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०८०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आइएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरुप खेलाडीहरुलाई सो जीवन बीमा प्रदान गर्ने भएको हो।
आइएमई. लाइफ इन्स्योरेन्सले ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्वपूर्ण योगदान पु¥याएका सम्पूर्ण २० खेलाडीहरुलार्ई आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ ।