आर्थीकसंसार संवाददाता१९ असोज, २०८०
१९ असोज, २०८०काठमाडौं । नेको इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा लिसारा रिसेप्सन नक्सालमा सम्पन्न भएको हो । सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै फेरबदल वा परिमार्जन गर्न सुझाव भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पुर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।