काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह–२०२३’ को सन्ंदर्भमा आज सिराईचुली होटल, भरतपुर, चितवनमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु खड्काको समेत उपस्थिति रहेको थियो ।
विश्व लगानीकर्ता सप्ताह–२०२३ एक हप्ता लामो, आई.ओ.एस.सिओद्वारा प्रवद्र्धन गरिएको विश्वव्यापी अभियान हो । जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ ।
कार्यक्रमको मुख्य वक्ता एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगाना हुनुहुन्थ्यो भने अन्तरक्रिया सत्रलाई कर्पोरेट एडभाइजरी विभाग प्रमुख भुवनराज पन्त र पीएमएस प्रमुख सृष्टि शाहले सञ्चालित गर्नुभएको थियो ।
अन्तरक्रिया मुख्यतया “विश्व लगानीकर्ता सप्ताह–२०२३” को मुख्य विषयवस्तुमा केन्द्रित थियो । लगानीकर्ताको लचिलोपन, क्रिप्टो सम्पत्ति र दिगो वित्त कार्यक्रमको यस अभियानको मुख्य विषयवस्तु हो भने ठगी र घोटाला रोकथाम, लगानीको आधारभूत र प्रविधि र डिजिटल वित्त अन्य पुरक बिषय बस्तु रहेका छन् ्।
कार्यक्रममा लगानीकर्ता सप्ताह–२०२३ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्बन्धका बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।
महाप्रबन्धक ढुंगानाले कार्यक्रममा सहभागीहरुको जिज्ञासा समाधान गर्नुका साथै आगामी दिनमा पनि यस्तै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैमा “विश्व लगानीकर्ता सप्ताह–२०२३” को सफलताको सुभकामना समेत व्यक्त गर्नुभयो ।
एनआइएमबि एस क्यापिटल आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ सम्पन्न
आर्थीकसंसार संवाददाता१९ असोज, २०८०
१९ असोज, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन