News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई भारतको अस्पतालमा १० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०८०
    १५५ पटक
    २७ भदौ, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले भारतको अपोलो हस्पिटलस इन्टरप्राईजेजको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बुधबार बैंक र भारतस्थित उक्त अस्पताबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा सो मात्राको छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    अपोलो हस्पिटलस् इन्टरप्राईजेजका भारतको विभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेजका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा. कार्त्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन् ।

    सिटिजन्स बैंकको भारतस्थित हस्पिटल्सहरुसंगको यो दोश्रो सम्झौता हो । यसअघि बैंकले भारतस्थित मेदान्त-द मेडिसिटी अस्पतालसंग बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

    यस्ता सहकार्यबाट हाल यस बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्