News Portal

  • नेपाल बैंकको खुद नाफा १६ प्रतिशतले बढ्दा वितरणयोग्य मुनाफा कति ?

    आर्थीकसंसार संवाददाता२० साउन, २०८०
    १५५ पटक
    २० साउन, २०८०

    काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा बढेको छ ।
    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १६ दशमलव ७० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४० दशमलव ६१ प्रतिशतले बढेको छ यस अवधिमा बैंकको सञ्चालन मुनाफा २१ दशमलव १९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ।
    १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ। यस अवधिमा बैंकको निक्षेप २४ दशमलव ७२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको कर्जा लगानी ४ दशमलव ३२ प्रतिशतले बढेको छ।
    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १० दशमलव ७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ।

    प्रतिकृया दिनुहोस्