News Portal

  • दराज क्यामूमा सिटिजन्स बैंकका ग्राहकले सामान किन्दा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता१५ साउन, २०८०
    १९८ पटक
    १५ साउन, २०८०

    काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले दराज क्यामूमा सामान किन्दा विशेष छुट पाउने भएको छन् । छुट सम्बन्धी सम्झौतापश्चात बैंकका कार्डवाहकले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा ५ सयसम्म छुट पाउन सक्नेछन् ।
    यसका साथै सिटिजन्स बैंकबाट आउँदो अगस्ट १ तारिखपश्चात नयाँ कार्ड प्राप्त गर्ने ग्राहकले दराजमा प्रथमपटक कारोबार गर्दासमेत थप  १५० सम्मको भौचर प्राप्त गर्न सक्नेछन् ।
    दराज क्यामुको रोटरी कम्पलेक्स थापाथलीस्थित कार्यालयमा आयोजित कार्यक्रममा बैंकका मास बैंकिङ अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट बैंकका कार्डवाहकलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गरे ।
    सोही अवसरमा दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालले दराज समग्र ई–कमर्स क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडि बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्धन गर्दै जाने बताए ।
    बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
    हालसम्म बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस्