काठमाडौं । प्रभु बैंक र वन्डर्स नेपाल प्रलिबीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता भएको छ । दुबै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना गर्नको लागि दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुरुप बैंकले वन्डर्स नेपालको परिसरमा एर्टीएम, क्युआर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ ।
यससँगै, ग्राहक तथा सवैसाधारणले वन्डर्स नेपालअन्तर्गत काठमाडौंको कमलादीस्थित स्काई वाकटावरमा गई आनन्दमय दृश्य अवलोकन गर्न सक्नेछन् । साथै, यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने बैंकको विश्वास छ ।
प्रभु बैंकका ग्राहकले कमलादीको स्काई वाकटावरबाट अवलोकन गर्न पाउने, वन्डर्स नेपालसँग गर्यो सम्झौता
आर्थीकसंसार संवाददाता१७ असार, २०८०
१७ असार, २०८०- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम