काठमाडौं । आगामी कात्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख)मा ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ आयोजना हुने भएको छ ।
युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा च्याम्पियनसिप हुन लागेको युनाइटेड तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । युनाइटेड तेक्वान्दो डोजाङले यसअघि काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी तथा पुम्से च्याम्पियनसिपको तीन संस्करण आयोजना गरिसकेको छ ।
प्रतियोगितामा सहभागी हुन अक्टोबर ३१ तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यसैगरी नोभेम्बर ५ र ६ तारिखभित्र दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ । प्राप्त भिडियोहरुको मूल्यांकन नोभेम्बर ७ र ८ तारिखमा हुने र त्यसपछि नतिजा प्रकाशन गरिने प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए ।
च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ ।
प्राप्त भिडियोहरु युट्युवमा अपलोड गरिने र सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ । यसैगरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिता सञ्चालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । च्याम्पियनसिपबाट बचेको रकम कोरोना प्रभावितहरुको उपचारका लागि खर्चने योजना रहेको प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए ।
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से कात्तिकमा
आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
२५ असोज, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो