काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षमा ५० दशमलव १४ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्षमा १४ लाख ७० हजार नाफा कमाएकोमा चालू आर्थिक वर्षमा ७ लाख ३३ हजारमा सिमित भएको हो ।
चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ४९ प्रतिशत र खुद ब्याज आम्दानी ४ दशमलव ५० प्रतिशत घटेको छ ।
कम्पनीको चुक्ता पूँजी २ करोड ७ लाख रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा १ करोड ७२ लाख सञ्चित गरेको हो । त्यस्तै कम्पनीले १० करोड ७२ लाख सापटि लिएर,१५ करोड ५२ लाख निक्षेप संकलन गरेर २८ करोड ४० लाख भन्दा बढी कर्जा लगानी गरेको छ ।
गत आर्थिक वर्षमा कम्पनकिो निष्क्रिय कर्जा १ दशमलव ५६ प्रतिशत रहेकोमा चालू आवमा बढेर २ दशमलव २९ प्रतिशत पुगेको हो । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०९ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ९८ दशमलव ८८ गुणा,तरलता अनुपात ५ दशमलव ०९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा रहेको छ ।
आदर्श लघुवित्तको नाफामा गिरावट, प्रति शेयर आम्दानी कति ?
आर्थीकसंसार संवाददाता२५ माघ, २०७९
२५ माघ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?