काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ७५ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त शेयरको न्यूनतम मूल्य ७०६ रुपैयाँ तोकेको छ ।
आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिद गर्न चाहाने ईच्छुक ब्यक्ति तथा संघसंस्थाले माघ २७ गतेभित्र बैंकको केन्द्रीय कार्यालय तथा बिक्री प्रबन्धकको कार्यालय एनआइसी एशिया क्यापिटल लिमिटेड बबरमल, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।
साथै एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथली काठमाडौं, शाखा कार्यालयहरु विराटनगर मोरङ्ग, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट बोलपत्र पेश गर्न सक्नेछन् ।
एनआइसी एशियाले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर बिक्री गर्ने
आर्थीकसंसार संवाददाता२० माघ, २०७९
२० माघ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो