News Portal

  • तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७९
    २३२ पटक
    १६ माघ, २०७९

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । यी तीनवटै जीवन बीमा कम्पनीहरुले मर्जरका लागि गत बैशाख २९ गते प्रारम्भिक सम्झौता गरेका थिए ।
    एक आपसमा गाभ्ने /गाभिने तथा मर्जरमा जाने सम्बन्धि सम्झौता भएसँगै नेप्सेले तीनवटै कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो । कम्पनीको पत्राअनुसार नेप्सेले आजदेखि नै कारोबार फुकुवा गरिदिएको जनाएको छ । अब यी तीन कम्पनीको शेयर भोलिदेखि दोस्रो बजारमा आरोबारमा आउनेछ ।

    प्रतिकृया दिनुहोस्