काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आजदेख १ लाख ५० हजार कित्ता संस्थापक शेयर आजदेखि विक्री गर्ने भएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त शेयर माघ १३ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य १५० रूपैयाँ तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यस डेभलपमेण्ट बैंकको विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म यो शेयर खरीदको लागि माग गर्न सकिने व्यवस्था छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री खुला गरेको थियो । सो अवधिमा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याइएको हो ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा
आर्थीकसंसार संवाददाता६ माघ, २०७९
६ माघ, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान