News Portal

  • अर्थतन्त्रमा सुधार देखिएपछि राष्ट्र बैंकले हटायो नगद मार्जिनको व्यवस्था

    आर्थीकसंसार संवाददाता५ माघ, २०७९
    ३१३ पटक
    ५ माघ, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार एकीकृत परिपत्र जारी गर्दै राष्ट्र बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको हो ।
    विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले नगद मार्जिनमा कडाइ गरेको थियो । तर, अहिले अवस्था सहज हुँदै गएपछि राष्ट्र बैंकले मार्जिनको व्यवस्था हटाएको हो ।
    अब आयातका लागि व्यवसायीले कुनै पनि प्रकारको नगद मार्जिन राख्नु पर्ने छैन । नेपाल राष्ट्र बैंकले ५ पुस २०७८ र २६ माघ २०७८ मा दुई पटक गरेर ४८ समूहका हार्मोनी कोडका बजारौं प्रकारका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।
    अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएपछि राष्ट्र बैंकले पनि कडाइ फुकुवा गरेको हो । चालू आर्थिक वर्षको ५ महिनामा विदेशी मुद्रा सञ्चिति ६.३ प्रतिशत बढेको छ । मंसिर मसान्तसम्म १२ खर्ब ९२ अर्ब ५६ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । जुन ५ महिनामा ६.३ प्रतिशत बढेको हो । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्