News Portal

  • नेरुडे लघुवित्तले डाक्यो १६ औं वार्षिक साधारणसभा, लाभांश वितरणको प्रस्ताव पारित गर्ने

    आर्थीकसंसार संवाददाता२ माघ, २०७९
    २८० पटक
    २ माघ, २०७९

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा यहि माघ २८ गते हुने भएको छ । लघुवित्तले माघ २८ गते शनिवार विहान ११ बजे उद्योग संगठन मोरङको सभाहलमा १६ औं वार्षिक साधारणसभा गर्ने जनाएको छ ।
    सभामा कम्पनीको हाल कायम चुक्ता पूँजी ६० करोडको २२ प्रतिशतका दरले हुन आउने १३ करोड २० लाख बराबरको बोनस शेयर वितरणका लागि प्रस्ताव पारित गर्नेछ । साथै १ दशमलव १५७९ प्रतिशतले हुन आउने ६९ लाख ४७ हजार ३६८ रुपैयाँ नगद लाभांश वितरणका लागि प्रस्ताव पारित गर्नेछ । साथै अन्य लघुवित्तसँग मर्जर वा प्राप्ती गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।
    कम्पनीले साधारणसभा प्रयोजनार्थका लागि माघ १७ गते बुक क्लोजको मिति तय गरेको छ । माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागी हुन पाउने र लाभांश प्राप्त गर्न सक्ने लघुवित्तले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्