काठमाडौं । नेशनल साइन्स फाउन्डेसन, भारत र डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय ललितपुर, नेपालको संयुक्त आयोजनामा विद्यालय स्तरिय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रर्दशनी भव्य रुपमा सम्पन्न भएको छ । उक्त प्रर्दशनी डी.ए.भी. विद्यालय परिसरमा कार्तिक २४ गते सम्पन्न भएको हो ।
प्रर्दशनीमा नेपाल र भारतका उत्कृष्ट एघार विद्यालयको सहभागिता रहेको थियो । प्रर्दशनी कार्यक्रमलाई संबोधन गर्दै अन्तर्राष्ट्रिय कन्भेनर तथा डी.ए.भी. विद्यालयका अध्यक्ष अनिल केडियाले भौतिक विज्ञानको विकासको लागि आध्यात्मिक बिज्ञानको महत्वपूर्ण भुमिका रहेको विचार व्यक्त गरे ।
उनले उक्त पर्दशनीमा सहभागी सम्पूर्णलाई सफलताको शुभकामना दिदैँ विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै थप प्रर्दशनीहरु समेत आयोजना गरिदै लगिने बताए ।
कार्यक्रममा राष्ट्रिय कन्भेनर सुनील कुमारले प्रथम विद्यालय स्तरिय अन्र्तराष्ट्रिय विज्ञान प्रर्दशनी विश्व विज्ञान सम्मेलनको एक अंश रहेको बताउँदै डी.ए.भी. विद्यालयसँगको सहकार्यले दुई छिमेकिबिचका विद्यार्थीहरुमाझ ज्ञान, प्रबिधि र संस्कृति आदन—प्रदान गर्न सफल भएको राय व्यक्त गरे ।
प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. महेन्द्र मर्हजन (त्रिभुवन विश्वविद्यालय) ले डी.ए.भी विद्यालयलाई एक स्रोत संस्थाको रुपमा व्यख्या गर्दै उक्त संस्था लगायत सम्पूर्ण सहभागी विद्यालयहरुलाई उच्च सफलताको शुभकामना सन्देश व्यक्त गरे ।
डी.ए.भी विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले विज्ञान र प्रविधिको क्षेत्रमा संयुक्त राष्ट्र संघको सन्देश र भुमिकामाथि चर्चा गर्दै सहभागी विद्यार्थीहरु द्धारा निर्मित नविनतम मोडलहरुको प्रशंशा गरे । सन् २०२२ नोभेम्बर १० संसारभर विभिन्न कार्यक्रम आयोजना गरि विश्व विज्ञान सम्मेलन भव्य रुपमा मनाइएको छ । यस वर्ष विश्व विज्ञान सम्मेलनको नारा विश्व दीगो विकास लागि नविनतम उद्योग र पूर्वाधार रहेको छ ।
प्रर्दशनीमा सहभागीहरुले फलाम र स्टील उद्योगको लागि आवश्यक पर्ने पानी भण्डारणको मोडेल, वर्षा, बाढी र हावाहूरीको पूर्व संकेत दिने बिभिन्न मोडेल लगायत, स्र्माट सीटी, सामुन्द्रिक फोहोर व्यवस्थापन, वहुउद्देश्य ल्याण्ड रोभर र सोलारबाट संचालनमा ल्याउन सकिने विभिन्न ल्याम्पहरुका मोडेलहरु प्रर्दशन गरेको थिए । यि सम्पूर्ण मोडेलहरु विद्यार्थीहरुले दुई घण्टाको अबधिभित्र सिर्जना गरेका हुन् ।
प्रर्दशनीमा सेन्ट मेरिज स्कुल जावलाखेलले प्रथम हासिल ग-यो भने केन्द्रिय विद्यालय काठमाण्डौँ र द्यान गंगा विद्यालय, पुने भारत क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । सोहि प्रर्दशनीको अर्को विधामा द्यान गंगा विद्यालय, पुने, भारत र डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय बिजेता बने । उक्त कार्यक्रमको निर्णायको भुमिकामा मनोज कुमार, एसोसियट प्रोफेसर त्रिचन्द्र क्याम्पस, त्रि.वि र इन्जिनियर अजय श्रेष्ठ, एडभान्सन्ड इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट त्रि.वि रहनु भएको थियो ।
सोहि अवसरमा डी.ए.भी विद्यालय नेपालकी प्राचार्य डा. भुवनेश्वरी राव र द्यान गंगा विद्यालय पुने भारतकी प्राचार्य रेनुका दत्तलाई संयुक्त राष्ट्रसंघिय दीगो विकास अर्वाड २०२२ बाट सम्मानित गरिएको थियो । प्रर्दशनीमा टर्नीङ्ग प्वाइन्ट स्कुल पट्ना भारतका डाइरेक्टर उमेश सिंहको समेत उपस्थिती थियो । साथै डी.ए.भी विद्यालयको मयुर डान्स क्लबका विद्यार्थीहरुले आर्कषक नृत्य प्रर्दशन गरेका थिए ।
विद्यालय स्तरिय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रर्दशनी भव्य रुपमा सम्पन्न
आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७९
२६ कार्तिक, २०७९- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता