News Portal

  • सरकारी कारोबारलाई डिजिटलाइज गर्न नेपाल एसबिआई र कञ्चनपुर भन्सार कार्यालयबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२६ असोज, २०७९
    २९५ पटक
    २६ असोज, २०७९

    काठमाडौं । नेपाल एसबिआई बैंक र नेपाल सरकार भन्सार विभागबीच सम्झौता भएको छ । बैंक र विभागबीच सरकारी कारोबारलाई डिजिटल बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्ढाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो ।
    यसै सम्बन्धमा भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले दुवै संस्थाका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
    यस बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १० शाखा रहित बैंकिङ तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्