काठमाडौं। नेपालमा कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अमेरिकी सहयोग नियोग यूएसएडले लक्ष्मी बैंकलाई ४ करोड ५० लाख अमेरिकी डलर(५ अर्ब ८७ करोड ५५ लाख ५५ हजार रुपैयाँ) कर्जा लगानी गर्ने भएको छ ।
लघु तथा मझौला कृषि उद्यमको प्रवर्द्धनको लागि यूएसएआइडीले दिने ४ करोड ५० लाख प्रत्यक्ष कर्जा र २५ लाख अमेरिकी डलर (३२ करोड ६४ लाख १९ हजार रुपैयाँ)अमेरिकी डलरकर्जा ग्यारेन्टीले नेपालमा कृषि व्यवसायमा संलग्न लघु उद्यमीलाई पूँजी लगानीका लागि कर्जा उपलब्ध गराउने डेभलपमेन्ट क्रेडिट अथोरिटीको वेबसाइटमा उल्लेख गरिएको छ ।
लक्ष्मी बैंकलाई दिइने कर्जा रकमको स्वीकृति डेभलपमेन्ट क्रेडिट अथोरिटीको बैठकले स्वीकृत गरेको छ ।
सन् २०१६ मा यूएसएआइडीमार्फत् डेभलपमेन्ट क्रेडिट अथोरिटीले लक्ष्मी बैंकसँग ८ वर्षे सम्झौता गरेको थियो। त्यसबेला ५० लाख अमेरिकी डलर (६५ करोड २८ लाख ३९ हजार रुपैयाँ) लगानीको सहमति भएको थियो ।
कृषि उद्यमको लागि अमेरिकाले लक्ष्मी बैंकमार्फत् रु.६ अर्ब लगानी गर्दै
आर्थीकसंसार संवाददाता२० असोज, २०७९
२० असोज, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन