काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७९ भदौ ०५ गतेदेखि इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ । साबिकको इनरुवा शाखा भन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो । उक्त शाखा सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नं. १, देवानगन्ज रोड स्थित गोलचोकमा स्थानान्तरण भएको छ ।
यस विकास बैंकको स्थानान्तरीत इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गर्नुभयो । यसैगरी कार्यक्रममा इनरुवा नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष प्रमोद पोखरेल, सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र शाह तथा उपाध्यक्ष गिरीराज अटलको पनि उपस्थिति रहेको थियो साथै बैंकको तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाललगायत बैैकका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
लुम्बिनी विकास बैंक इनरुवा शाखा कार्यालय स्थानान्तरण
आर्थीकसंसार संवाददाता५ भदौ, २०७९
५ भदौ, २०७९- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह