काठमाडौं । विभिन्न क्षेत्रमा भैपरि आउने आर्थिक संकट तथा जोखिमलाई कम गर्न बीमाले खेलेको भूमिकाप्रति हर व्यक्ति आकर्षित हुनु स्वभाविक नै हो । समस्या र जोखिमका बाबजुत पनि व्यवसाय गर्न प्रेरणा मिल्ने एउटा स्रोत समेत बनेको छ बीमा । व्यक्ति र व्यवसायको आधारमा खरिद गर्न सकिने थुप्रै पोलिसीहरु रहेको छ । बीमा कम्पनीले सार्वजनिक गरेका तीनै बीमा पोलिसीलाई जनमानसमा पुर्याउने काम भने अभिकर्ताले नै गर्दै आइरहेका छन् । यसैबीच करिब ११ वर्षदेखि बीमाको ज्ञान र महत्वलाई बुझाउँदै पोलिसी वितरण गर्दै आएका छन् नेपालगन्जका अभिकर्ता बिमल ढकाल ।
बीमा क्षेत्रमा सक्रिय बिमल एक सफल र सक्षम अभिकर्ताको रुपमा स्थापित छन् । उनले यो क्षेत्रमा करिब ११ वर्ष विताइसके । नेशनल लाइफ इन्स्योरेन्समा ६ वर्ष अभिकर्ताको रुपमा सक्रिय रहेका उनी हाल यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छन् । अभिकर्ता पेशा प्रतिको लगावले उनलाई देशभित्र मात्र नभई अष्ट्रेलियासम्म डोर्याएको छ । हाल उनी अमेरिकी संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) ले आयोजना गरेको एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुन अष्ट्रेलिया पुगेका छन् । यूनियन लाइफ इन्स्योरेन्समा अभिकर्ता बनेको ५ वर्षमा नै उनी लगातार ४ पटक एमडीआरटी बनिसकेका छन् ।
दिर्घकालिन महत्व बुझेसँगै अभिकर्ता पेशामा संलग्न
नेपालमा बीमा फष्टाउँदै गर्दाखेरी नै उनले बीमाको महत्व बारे अध्ययन गरेका थिए । सोहि अनुरुप उनले आफूलाई भैपरि आउने आर्थिक समस्याबाट जोगाउन आफ्नै बीमा गरे । बीमाबाट पाउने सुविधा उनले आफू मात्र लिन चाहेनन् । नाता आफन्त र साथीभाइलाई पनि बीमा गराई आर्थिक जोखिबाट टाँढा राख्ने सोच बनाए । तर बीमा क्षेत्रको यति गहिराईसम्म पुग्छु भनेर उनले सोचेका थिएनन् । हाल उनलाई यहि पेशाले मान सम्मानसँगै आर्थिक रुपमा समेत सबल बनाएको उनको भनाई छ । यो अवधिमा उनले थुप्रै बीमा पोलिसी बिक्रि गरि धेरैको घरपरिवारलाई भविष्यमा भैपरिआउने आर्थिक जोखिमबाट जोगाउन सफल भएका छन् । कतिपय साथीभाईको व्यवसायमा समेत उनले बीमा बारे दिएको जानकारीले जोखिम मोल्न सक्षम बनेको उनी बताउँछन् । उनको विश्वास र भरोसाकै भरमा उनको साथीले ५ करोड सम्मको बीमा गरेको उनको भनाई ।
लगातार ४ पटकसम्म एमडीआरटी, २०२२ को एमडीआरटी ग्लोबल कन्फ्रेन्समा लिडरको भूमिका
उनको स्पष्ट बोलीकै कारण उनले ५ वर्षको अवधिमा यूनियन लाइफमा बार्षिक ६० करोडभन्दा माथि प्रिमियम संकलन गर्दै आएका छन् । १५ करोडभन्दा माथिको प्रिमियम संकलन गर्ने अभिकर्तालाई गोल्ड स्टारकोमा राखिन्छ । तसर्थ उनी यूनियन लाइफका गोल स्टार समेत हुन् । उनले २०७६/७७ मा सेल्स टिम विद्याबाट नेपाल टप गरेका उनी गोल्ड स्टार बनेका थिए । २०७७/७८ मा भने उनी टिम विजनेशबाट टप हुन पुगे । साथै २०७८/७९ मा समेत उनले टिम विजनेशबाट नेपाल टप गर्न सफल भएका थिए । नेपालगन्ज शाखाबाटै थुप्रै उपलब्धि हाँसिल गर्न सफल उनले अष्ट्रेलियाको सिडनीमा सञ्चालन हुने २०२२ को एमडीआरटी ग्लोबल कन्फ्रेन्समा नेतृत्व गर्ने अवसर समेत प्राप्त गरेका छन् ।
उनले हाल देशभरमा ५ सय जना अभिकर्तालाई नेतृत्व गर्दै आएका छन् । जसमा बर्षेनि २ सय जनाभन्दा बढीले एजेन्सी म्यानेजरको टार्गेट पूरा गर्दै आएका छन् । साथै ५ वर्षको अवधिमा उनकै नेतृत्वमा रहेका ५० भन्दाबढी अभिकर्ताले गाडी समेत प्राप्त गरिसकेका छन् । आगामी दिनमा अभिकर्ता पेशाबाटै बार्षिक एक करोडसम्म सरकारलाई कर तिर्ने योजनामा रहेको उनको भनाई छ ।
विभिन्न संघसंस्थामा आवद्ध
अभिकर्ता पेशामा सफल बिमल सामाजिक संघसस्थामा समेत उत्तिकै सक्रिय छन् । वास्तवमा लाइन्स क्लवका जन्मदाता मेलभिट जोनको जीवनीले नै उनलाई अभिकर्ता पेशामा लाग्न प्रेरित गरेको उनी सुनाउँछन् । यहि जीवनी पढेर अभिकर्ता पेशा अंगालेका उनी हाल थुप्रै संघसंस्थामा आवद्ध छन् । जसमा लाइन्स क्लव अफ नेपालगन्जका प्रेसिडेन्टको रुपमा काम गर्दै आएका छन् । साथै सामाजिक कार्यलाई जीवन्त राख्न केहि सप्लायर्स कम्पनीहरु समेत सञ्चालन गर्दै आइरहेका छन् । साथै १३ वटा जील्लामा फैलिएको कान्तिपुर कलेक्सनको प्रोपाइटर समेत रहेका छन् । साथै नेपालगञ्जमा सञ्चालित नमस्ते सेभिङ एण्ड कोअप्रेटिभ लि.को बोर्ड अफ डाइरेक्टर, एकाउटेन र कोअर्डिनेटर समेत रहेका छन् ।
सफल अभिकर्तामा कलासँगै योजना पनि चाहिन्छ
छोटो समयमै ठूलो सफलता हाँसलि गर्न सफल बिमलका अनुसार सफल अभिकर्ता बन्न कलासँगै योजना पनि चाहिन्छ । कुनै पनि बीमितलाई बीमा गर्न प्रस्ताव गर्दै गर्दा बीमितको रोजाइलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यसका साथै उमेर अनुसारको पोलिसी दिएमा बीमितले सोचे अनुरुपको प्रतिफल हात पर्ने उनको भनाई छ । जसले अभिकर्ताप्रतिको विश्वास झन बढ्दै जाने उनी बताउँछन् ।
पछिल्लो समय नेपालमा फोर्सफुल्ली बीमा गराउने प्रचलन बढ्दो छ । यदि अभिकर्ताले फोर्सफुल्ली बीमा गराउँदै गर्दा बीमितको शिरको भार अनुसारको बीमा गराएमा सफल हुने बिमल बताउँछन् ।
नेपालमा बीमा अझै सोचेजस्तो फष्टाउन सकेको अवस्था भने छैन । सतही अवस्थामा पुगेको बीमा औद्योगिक क्षेत्रदेखि सेवाक्षेत्र लगाएत थुप्रै क्षेत्रमा फष्टाउन बाँकी छ । अभिकर्ता पेशामा सम्भावना अधिक भएको हुँदा नव आगन्तुक अभिकर्ताले आफै बीमित भएर यो पेशामा प्रवेश गर्नु उत्तम मान्छन् उनी । अभिकर्ता आफैले सुविधा लिइसकेपछि त्यसबारे अझ स्पष्ट बोल्न र अरुलाई बुझाउन सकिन्छ । सुरुमा आफै सुरक्षित नभई अरुको घरपरिवारलाई सुरक्षित गर्न नसकिने उनको भनाई छ ।