काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा ४४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६६ करोड नाफा कमाएको थियो भने यस अवधिमा ९५ करोड १९ लाख नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशत र सञ्चालन नाफा ४५ प्रतिशत वृद्धि भएको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा ५८ करोड ६१ लख रहेको छ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब १ करोड रहेको छ भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा १ अर्ब ८२ करोड र रिटेण्ड अर्निङमा ५८ करोड ९३ लाख सञ्चित गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७५ पैसा रहेकोमा गत आर्थिक वर्षमा बढेर २३ रुपैयाँ ७३ पैसा पुगेको हो । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ९३ गुणा ,तरलता अनुपात २८ दशमलव ७० प्रतिशत र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ०९ पैसा रहेको हो ।
महालक्ष्मी विकास बैंकको नाफा एक अर्ब नजिक
आर्थीकसंसार संवाददाता२२ साउन, २०७९
२२ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?