काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्म २० करोड ८१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ८ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा यस अवधिसम्म कम्पनीको खुद नाफा १९ करोड २७ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा भने १५ दशमलव ४४ प्रतिशत बढी भएको छ । अघिल्लो आर्थिक वर्षमा २८ करोड ६२ लाख रूपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा ३३ करोड ४ लाख रूपैयाँ संचालन नाफा गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ५२ करोड २० लाख ८५ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम ७९ दशमलव ७१ प्रतिशत वृद्धि भई ४५ करोड १९ लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।
कम्पनीको निक्षेप संकलन भने ४५ दशमलव ५९ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ दशमलव ९९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ६५ प्रतिशतमा झरेको छ ।
चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३९ रूपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रूपैयाँ ५६ पैसा छ ।
मिर्मिरे लघुवित्तको नाफा २० करोड ८१ लाख
आर्थीकसंसार संवाददाता१३ साउन, २०७९
१३ साउन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी