काठमाडौं । गत आर्थिक वर्षमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले २ अर्ब २ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५१.८७ प्रतिशतले बढी हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३३ करोड रुपैयाँ बराबरको नाफा कमाएको थियो ।
खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १२.३२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १८.१५ रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ३२ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ३९ प्रतिशतले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
हाल बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ । त्यस्तै, बैंकको जगेडा कोषको रकम २२.९ प्रतिशतले बढेर ५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः २६.४२ र २८.७२ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंकले १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।
निष्कृय कर्जा (एनपीएल) १.७६ प्रतिशतबाट बढेर १.९३ प्रतिशत पुगेको छ । त्यस्तै, सीडी रेसियो पनि ७८.१४ प्रतिशतबाट ८६.५८ प्रतिशत पुगेको विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४७.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.९६ प्रतिशत पुगेको छ ।
एनसीसी बैंकको अधिकांश सूचकमा उल्लेख्य सुधार, ५२ प्रतिशतले बढ्यो नाफा
आर्थीकसंसार संवाददाता९ साउन, २०७९
९ साउन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी