काठमाडौं । सानिमा बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.०७ प्रतिशत घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ७१ लख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड ४९ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १.७६ प्रतिशत घटेर ३ अर्ब २५ करोड २५ लाख ८४ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३.६३ प्रतिशत बढेर ८४ करोड ३७ लाख ४८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.५७ प्रतिशत बढेर ६ अर्ब १४ करोड १३ लाख ८ हजार रुपैयाँ र वितरणयोग्य नाफा १३.०१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७ प्रतिशत बढेर ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष १०.२३ प्रतिशत बढेर ५ अर्ब ७७ करोड ८० लाख ९६ हजार रुपैयाँ, निक्षेप २२.६५ प्रतिशत बढेर १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख ३५ हजार रुपैयाँ र कर्जा १५.१९ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर २० रुपैयाँ २४ पैसामा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३.९४ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १३.६३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ १ पैसा रहेको छ ।
सानिमा बैंकको नाफासँगै ईपीएस पनि घट्यो, ब्याज आम्दानी झण्डै ५ अर्ब
आर्थीकसंसार संवाददाता७ साउन, २०७९
७ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?